रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीतिक रणनीतिमा छलफल हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, र पार्टीका हालका गतिविधिको समीक्षा तथा आगामी योजना बारे विस्तृत छलफल हुने बताइएको छ।
रास्वपाले पछिल्ला दिनमा देशभर संगठन विस्तार, मतदाता परिचालन र आगामी राजनीतिक दिशा तय गर्ने तयारी तीव्र पारेको छ। आजको बैठकबाट पार्टीको आगामी रणनीति र कार्यक्रमको रूपरेखा अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।













