तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र गिरावट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र गिरावट

काठमाडौ । तिहार सकिएसँगै नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय तोकिएको छ । जुन तिहारअघि कात्तिक ३ गतेको तुलनामा ११ हजार ६ सय रुपैयाँले कम हो।

तिहार अघि सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो। सार्वजनिक विदाका कारण तिहारपछि पहिलोपटक आइतबार मूल्य समायोजन गरिएको हो। यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य करिब ५ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय मूल्य घटेकै प्रभाव नेपाली बजारमा ढिलो गरी आइतबारबाट देखिएको हो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तिहार अघि प्रतितोला ३ हजार २८० रुपैयाँमा रहेको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ । जसअनुसार २६५ रुपैयाँको गिरावट आएको हो। असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको थियो।