मंगलबारदेखि देशभर वर्षाको सम्भावना, पूर्वी नेपालमा बढी प्रभाव पर्ने अनुमान

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मंगलबारदेखि देशभर वर्षाको सम्भावना, पूर्वी नेपालमा बढी प्रभाव पर्ने अनुमान

काठमाडौ । यो सातादेखि देशका धेरै भागमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

बंगालको खाडी र अरबसागरमा बनेका दुई न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण मंगलबारदेखि शुक्रबारसम्म हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार उक्त प्रणालीको प्रभाव नेपालमा मङ्गलबारदेखि क्रमशः तीव्र हुँदै जानेछ। साथै बंगालको खाडी र अरबसागरमा बनेका दुईवटा न्यूनचापीय प्रणालीले नेपालमा मंगलबारदेखि शुक्रबारसम्म वर्षा गराउने राम्रै सम्भावना देखिएको छ । 

तीनवटा मौसम मोडेलले वर्षाको क्षेत्र र मात्रा फरकफरक देखाए पनि सबैले पूर्वी नेपालमा बढी प्रभाव पर्ने अनुमान गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको प्रणालीले मध्यम वर्षा गराउने संकेत देखाएको जनाएको छ ।

महाशाखाका अनुसार कोसी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ भने मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा पर्न सक्छ।

विशेषगरी पूर्वी नेपालमा हावाहुरी र चट्याङको जोखिम पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

बंगालको खाडी र अरबसागर दुवै तातो हावाको स्रोत क्षेत्र भएकाले यी प्रणाली सक्रिय हुँदा नेपालमा नमी बढ्ने र त्यसका कारण व्यापक वर्षा हुने सम्भावना रहने बताइन्छ।

आगामी मंगलबारदेखि शुक्रबारसम्मको अवधि वर्षाको सक्रिय चरणका रूपमा रहने भएकाले जनतामा सतर्कता अपनाउन र खेतबाली संरक्षणमा ध्यान दिन विशेषज्ञहरूको सुझाव रहेको छ।