नवनियुक्त महानिरीक्षक चन्द्रकुवेरले लगाए दर्ज्यानी चिह्न
Prime TV News १० महिना अगाडि 
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज गृह मन्त्रालयमा आयोजित एक समारोहमा दर्ज्यानी चिह्न लगाएका छन्। यस समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
१३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि निवर्तमान महानिरीक्षक दीपक थापाले १८ भदौ राति १२ बजेदेखि अवकाश लिएका थिए। दर्ज्यानी चिह्न लगाइएपछि, चन्द्रकुवेर खापुङले आजै प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
उनको कार्यकालमा नयाँ प्रहरी ऐन लागू हुने अपेक्षासँगै, खापुङको सेवाअवधि वर्तमान प्रावधानअनुसार ६ महिना थपिने सम्भावना छ। यदि नयाँ ऐन लागू नभए भने, उनले ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुपर्नेछ।







