वाम एकताको चर्चाबीच प्रचण्डको सचिवालयको स्पष्ट भनाइ: अन्तिम निर्णय भइसकेको छैन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वाम एकताको चर्चाबीच प्रचण्डको सचिवालयको स्पष्ट भनाइ: अन्तिम निर्णय भइसकेको छैन

काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालप्रचण्डको सचिवालयले वाम एकताबारे अहिले भइरहेको चर्चालाई असत्य प्रचार भन्दै कुनै पनि दलसँग अन्तिम सहमति नभएको स्पष्ट गरेको छ।

हाल माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच निरन्तर संवाद चलिरहेको छ। तर प्रचण्डको सचिवालयका अनुसार ती वार्ताहरू वैचारिकसंगठनात्मकस्तरमामात्रसीमित छन् र कुनै ठोस एकता प्रस्तावमा सहमति भएको छैन।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, “पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णय र समाजवादी मोर्चाको आवश्यकताअनुसार अहिले विभिन्न वामपन्थी र प्रगतिशील शक्तिहरूसँग गहन छलफल भइरहेको छ। तर, एकताको अन्तिम टुङ्गो अझै लागेको छैन।

उनले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एकता टुंगिएको भनेर प्रचार गरिएको विषयलाई भ्रामक भन्दै सचेत रहन आग्रह गरे। सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “इतिहासका विभिन्न क्रान्ति र सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै बाँकी राजनीतिक कार्यभार पूरा गर्न वामपन्थी एकता अपरिहार्य छ भन्ने हाम्रो ठहर हो। तर यो प्रक्रिया अझै छलफलको चरणमै छ।

पछिल्ला महिनाहरूमा प्रचण्डले वाम एकताको पक्षमा खुलेर बोल्दै आएका छन्। उनले पटकपटक देशलाईस्थायित्वरूपान्तरणकालागिवामएकताअनिवार्य भएको अभिव्यक्ति दिएका छन्।

तर, पार्टीभित्रका केही नेताहरू भने तत्काल एकताभन्दा पनि संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने पक्षमा छन्।