गायिका नितु पौडेलको उपचारका क्रममा निधन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, उनको शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो।
गत शनिबार दिउँसो करिब साढे २ बजेतिर पौडेलले अनामनगरस्थित स्टुडियोमै आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। उक्त घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार, पौडेललाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको ज्यान बचाउन सकिएन।
उनीनिकट स्रोतका अनुसार, नितु र गायक बाबुल (धनबहादुर) गिरीबीच प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा खटपट आएपछि उनले यस्तो कदम उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त घटनापछि प्रहरीले बाबुल गिरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरि रहेको छ । गिरी पनि उक्त घटनामा घाइते भएका थिए। उनको हात र खुट्टा जलेको पाइएको थियो।













