गाजाको ध्वस्त स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर आवश्यक: डब्ल्यूएचओ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गाजाको ध्वस्त स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर आवश्यक: डब्ल्यूएचओ

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाश भएको स्वास्थ्य प्रणाली पुनःस्थापनाका लागि कम्तीमा सात अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार इजरायली आक्रमणका क्रममा अस्पतालहरू समेत निशानामा परेका थिए, जसका कारण अहिले गाजामा कुनै पनि अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा छैन।

“गाजाका ३६ मध्ये केवल १४ वटा अस्पतालबाट आंशिक सेवा दिइँदैछ,” उनले भने। “त्यहाँ अहिले अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मीको गम्भीर अभाव छ।”

गेहब्रेयससका अनुसार गाजाको स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएकोले त्यसको पुनर्निर्माणमा ठूलो आर्थिक स्रोत र अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्नेछ।

संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले समेत गाजाको मानवीय अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै निरन्तर सहायता अपिल गरिरहेका छन्।