नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौ । नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको र इरानविरुद्ध चुनौती पेस गर्ने बताएकी छन् ।

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ । भारत आइसकेपछि नेपाली टिम मैदानको पनि अवलोकन गरेको र सबै खेलाडी इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार रहेको कप्तान भण्डारीको भनाइ छ ।

नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो । बिहीबार मैत्रीपूर्ण फुटबलको ट्रफी अनावरण गरिएको थियो ।

प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।