मकवानपुरमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मलबस्तिमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको विस्तृत कारण खोजी कार्य जारी छ।













