माइतीघरमा जेनजी सहिदहरूलाई श्रद्धाञ्जलीसहित सामूहिक भाइटीका

User Image Prime TV News ४ हप्ता अगाडि
Image of माइतीघरमा जेनजी सहिदहरूलाई श्रद्धाञ्जलीसहित सामूहिक भाइटीका

काठमाडौ । जेनजी आन्दोलनमा सहिद भएका युवाहरूको स्मृतिमा आज काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम गरिएको छ ।

जेनजी युनाइटेडपरिवर्तनसमूहले आयोजना गरेको कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूलाई टीका, माला र दीप प्रज्वलनमार्फत श्रद्धाञ्जली अर्पण गरिएको थियो।

सहभागीहरूले सहिदहरूको तस्बिरमा टीका लगाउँदै लोकतन्त्र र न्यायको निम्ति उनीहरूले गरेको बलिदानलाई स्मरण गरेका थिए। कार्यक्रममा सहिद परिवारका सदस्य, घाइते युवा र आन्दोलनका समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले जेनजी पुस्ताको आवाज दवाउन खोज्ने प्रयासहरू सफल नहुने भन्दै सहिदहरूको सपना पुरा गर्न निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता जनाए ।