चितवनमा मध्यरातको स्कुटर दुर्घटना: दुई युवाको मृत्यु
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ। चितवनको भरतपुर महानगरपालिका–१० एयरपोर्ट नजिक सोमबार राति स्कुटर दुर्घटनामा दुई युवाको ज्यान गएको छ।
राति करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर तीव्र गतिमा अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।
दुवै जनालाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार स्कुटर अत्यधिक गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक दुवै युवाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ ।












