कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौ । इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

जोशीको पार्थिव शरीर आज बिहान भीमदत्त नगरपालिकास्थित निवासबाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो । धार्मिक परम्परा अनुसार गरिएको अन्त्येष्टिमा राष्ट्रिय सम्मानसहित सलामी अर्पण गरेको थियो ।

अध्ययनका क्रममा इजरायल पुगेका २२ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म सम्पर्कविहीन रहेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

सोमबार मात्र उनको पार्थिव शरीर इजरायलबाट नेपाल ल्याइएको थियो ।