गृहमन्त्री अर्यालको चेतावनी: कानूनभन्दा माथि कोही छैन, केपी ओली पनि होइन

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्री अर्यालको चेतावनी: कानूनभन्दा माथि कोही छैन, केपी ओली पनि होइन

काठमाडौ। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कानून सबैकालागि बराबर हुने चेतावनी दिएका छन्। उनले देशमा कुनै पनि व्यक्ति वा नेता कानूनभन्दा माथि बस्न नपाउने स्पष्ट सन्देश दिएका छन्।

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका क्रममा घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले भने, “केपी ओलीमात्र कानुनभन्दा माथि बस्ने पहिला त्यस्तो थियो, अब त्यस्तो हुँदैन।

उनले थपे, “देशका हरेक नागरिक कानूनको दायराभित्र बस्नैपर्छ। कानूनभन्दा माथि कोही पनि छैन।

अर्यालले उपत्यका नछोड्ने निर्देशनबारे उठेका प्रश्नमा उक्त निर्णय सरकारको नभई छानबिन आयोगको भएको स्पष्टीकरण दिए। उनका अनुसार आयोग स्वतन्त्र निकाय भएकाले त्यसका निर्देशनलाई सरकारले प्रभाव पार्न खोजेको भान दिनु गलत हो।

मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलहरूले राखेको भन्ने समाचारप्रति असन्तुष्टि जनाउँदै आफूले त्यस्तो अभिव्यक्ति नदिएको जिकिर गरे। 

साथै, उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दीपक खड्का विदेशमा रहेको समयमा आफूले अन्तर्वार्ता दिएको र अन्तर्वार्ता प्रकाशित हुँदा खड्का स्वदेश फर्किसकेको दाबी समेत गरे।