विपिन जोशीको शव परिवारलाई बुझाइयो
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।प्यालेस्टिनी सशस्त्र समूह हमासद्वारा अपहरणपछि मारिएका नेपाली नागरिक विपिन जोशीको शव नेपाली सेनाले परिवारजनलाई सम्मानपूर्वक हस्तान्तरण गरेको हो।
शव ग्रहण समारोहमा जोशीका दाजु किशोर जोशीसहितका आफन्त र सरकारी अधिकारीहरू सहभागी थिए। परिवारका अनुसार विपिनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा मंगलबार गरिने भएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए। युद्धविरामपछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
जोशी सन् २०२३ मा शैक्षिक कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। हमासले इजरायलमा गरेको आतङ्ककारी आक्रमणका क्रममा उनीसहित अन्य नेपाली विद्यार्थीहरू पनि घेराबन्दीमा परेका थिए।













