सीटिईभिटी विद्यार्थीको पुनः परीक्षा सञ्चालन गर्न १ करोड ७५ लाख खर्च हुने मन्त्री पुनको भनाइ

User Image Prime TV News एक महिना अगाडि
Image of सीटिईभिटी विद्यार्थीको पुनः परीक्षा सञ्चालन गर्न १ करोड ७५ लाख खर्च हुने मन्त्री पुनको भनाइ

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा जलेका सीटिईभिटीका उत्तरपुस्तिकाहरूका कारण करिब १ करोड ७५ लाख रुपैयाँ खर्च गरेर पुनः परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कोशी र बागमती प्रदेशका करिब १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको उल्लेख गर्दै उनीहरूको मागअनुसार जाँच नदिई पास गराउने निर्णय अस्वीकार गरिएको स्पष्ट पारे।

उनका अनुसार विद्यार्थीले काठमाडौंसम्म आइपुग्न नपर्ने गरी सम्बन्धित प्रदेशमै परीक्षा केन्द्र स्थापना गरिनेछ। यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै उनले निष्पक्ष र व्यवस्थित ढंगले परीक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाए।

त्यसैगरी, मन्त्री पुनले सीटिईभिटी अन्तर्गत नयाँ सम्बन्धनका लागि समिति गठन गरिएको जानकारी पनि दिएका छन्। उनका अनुसार २०६९ सालदेखि हालसम्म प्राप्त ४४२ वटा सम्बन्धनका निवेदनहरूको छानबिन गरिनेछ र दुई महिनाभित्र निर्णय लिइनेछ।

सम्बन्धन प्रदान गर्ने र परिमार्जन गर्ने कार्यका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ, जसले सम्बन्धन प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।