तिहार पर्वको विदामा सर्वोच्च अदालत खुला रहने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएकाे छ ।
साे समयमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएकाे छ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।
सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने छ, सूचनामा उल्लेख छ ।













