विपिन जोशीको शव आज नेपाल ल्याउँदै

User Image Prime TV News एक महिना अगाडि
Image of विपिन जोशीको शव आज नेपाल ल्याउँदै

काठमाडौ । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल ल्याउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव आज साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जलि कार्यक्रम गरिने छ ।

जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको थियो । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका थिए ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल भएका थिए । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी भएछन् ।

पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । जोशीको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइनेछ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।