प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई निर्वाचनसम्बन्धी छलफलमा बोलाइन्

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई निर्वाचनसम्बन्धी छलफलमा बोलाइन्

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका तयारीबारे राजनीतिक दलहरूसँग छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई मंगलबारका लागि बोलाएकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका लागि सोमबारै पत्र पठाइएको छ। प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गरेपछि दलहरूले सरकारमाथि परामर्शबिना निर्णय गरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए। त्यसपछि प्रधानमन्त्रीले सबै दलसँग प्रत्यक्ष संवादमार्फत सहमति खोज्ने तयारी थालेकी हुन्।

स्रोतका अनुसार छलफलमा आगामी निर्वाचनको मिति, तयारी, र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उपायबारे विस्तृत कुरा हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्कीले दलहरूबीच विश्वास र सहकार्यको वातावरण बनाउन संवादलाई पहिलो प्राथमिकता दिएको बताइएको छ।