सीडीओलाई गृह मन्त्रालयको परिपत्र, निर्वाचनका साथै सुशासन विषयमा स्पष्ट र सशक्त रूपमा कार्य गर्न आग्रह (परिपत्र सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of सीडीओलाई गृह मन्त्रालयको परिपत्र,  निर्वाचनका साथै सुशासन विषयमा स्पष्ट र सशक्त रूपमा कार्य गर्न आग्रह (परिपत्र सहित)

काठमाडौ । गृहमन्त्रालयले देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई एकीकृत रूपमा ११ वटा शीर्षकमा विस्तृत निर्देशन दिएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको सचिवस्तरीय निर्णयअनुसार जारी गरिएको ७ पृष्ठ लामो निर्देशनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन, सेवा प्रवाह, विकास, कारागार प्रशासन, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्था, अनुगमन तथा विविध विषयमा स्पष्ट र सशक्त रूपमा कार्य गर्न आग्रह गरिएको छ।

शान्ति सुरक्षाका लागि ९ बुँदामा निर्देशन दिँदै जिल्ला प्रशासनलाई स्थानीय स्तरका विवाद, सम्भावित हिंसा, आपराधिक गतिविधि र अवाञ्छित समूहहरूको निगरानीमा राख्न भनिएको छ। अपराध नियन्त्रणसम्बन्धी ३ बुँदामा संगठित अपराध, लागूऔषध, र गुण्डागर्दी नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरिएको छ। निर्वाचनका सन्दर्भमा ५ बुँदामा निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरण निर्माण गर्न निर्देशन दिइएको छ।

त्यस्तै, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि १० वटा बुँदामा कार्यालयलाई नागरिकमैत्री बनाउन, सेवाको समयसीमा सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र पारदर्शिता कायम गर्न भनिएको छ। कारागार प्रशासन, विपद् व्यवस्थापन र आपूर्ति व्यवस्थापनमा समेत व्यापक निर्देशन दिइएको छ।

विशेषगरी बजार अनुगमन, कालोबजारी नियन्त्रण, मूल्य स्थायित्व र उपभोक्ता हित सुनिश्चित गर्न आपूर्ति व्यवस्थापन शीर्षकमा ३२ वटा विस्तृत बुँदाहरू समेटिएका छन्।