प्रधानमन्त्री सुशीला कार्कीको अपिल: मतदाता सूचीमा नाम दर्ता गरेर लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नुहोस
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी संसदीय निर्वाचनलाई मध्यनजर गर्दै सबै नागरिकहरूलाई समयमै मतदाता सूचीमा नाम दर्ता गर्न आग्रह गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै उनले लोकतन्त्रको जड मजबुत बनाउन प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी हुन्।
सरकारले यहि फागुन २१ गते संसदीय निर्वाचन गर्ने लक्ष्यसहित तयारी अघि बढाएको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले मतदान अधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
“सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ। यस सन्दर्भमा, म सबै नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु।” कार्कीले लेखेकी छन् ।
निर्वाचन आयोगले हाल देशभरि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य जारी राखेको छ।













