७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशतसम्म छुट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अब ७० वर्षभन्दा बढी उमेरका नेपाली ज्येष्ठ नागरिकले आन्तरिक उडानमा हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच आइतबार सम्पन्न सहमतिपछि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की तथा विभिन्न वायुसेवा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्राधिकरणका अनुसार यो छुट सबै आन्तरिक उडान रुटहरूमा लागू हुनेछ। छुटको आधार भने सरकारले तोकेको अधिकतम भाडा दर हुने जनाइएको छ।
प्राधिकरणले ७० वर्षभन्दा माथिका यात्रुहरूलाई ५०% छुट, ७५ वर्षभन्दा माथिका यात्रुहरूलाई ७०% छुट र ८० वर्षभन्दा माथिका यात्रुहरूलाई ८०% छुट दिएको छ । त्यसैगरी, फरक क्षमता भएका हवाई यात्रुहरूले जुनसुकै उमेर समूहका भए पनि न्यूनतम ५० प्रतिशत छुट पाउनेछन्।
यो सहमति आइतबार देखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई छुट कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।














