दुलालले गरे काग सम्मेलन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि काग सम्मेलन गरेका छन् । आइतबार बिहानै दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गर्दै कागलाई आवाज दिएका थिए ।
उनले कागको आवाज निकाल्नासाथ कागहरु वरिपरि जम्मा भएका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भएको जानकारी दिए । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले काग सम्मेलन गरेको उनले बताए ।
काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन आगामी दिनमा निरन्तर रुपमा काग सम्मेलन गर्ने गरेको दुलालको भनाइ छ ।













