विप्लवको माग: अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सबै पक्षको प्रतिनिधित्व हुने सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाले हालको सरकार जनताको भावना र समावेशी आन्दोलन (जेनजी) लाई सम्बोधन गर्न असफल भएको आरोप लगाएको हो। नेकपाले अहिलेको अन्तरिम सरकार जनअपेक्षा विपरीत रहेको भन्दै सबै पक्षलाई समेटेर नयाँ राजनीतिक संरचना निर्माण गर्न आवश्यक रहेको बताएको छ ।
नेकपाले आगामी आम निर्वाचनमा भाग लिने तयारी रहेको जनाएको छ। तर, पार्टीले हालको अवस्थामा सुरक्षाको ग्यारेन्टी नभएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ हुनेमा शंका व्यक्त गरेको छ।
“नेकपा चुनावमा भाग लिन चाहन्छ,” नेकपाले भन्यो, “तर अहिलेको अवस्थामा सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संवाद र संयन्त्र आवश्यक छ। जबरजस्ती चुनाव गरिए त्यो कठपुतली नचाउने थलो मात्र बन्नेछ।”
पार्टीले स्थायित्व र समावेशी राजनीतिक प्रक्रिया सुनिश्चित गर्न सबै दल, आन्दोलन र नागरिक समाजलाई गम्भीर संवादमा आउन आह्वान गरेको छ।













