योगेश भट्टराईले अघि सारे प्रतिनिधि सभा पुनर्स्थापनाको लागि पाँच बुँदे प्रस्ताव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । माघ २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचनका पूर्वसन्ध्यामा नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् पुनर्स्थापनाको प्रस्ताव समावेश गरिएको पाँच बुँदे नीति अघि सारेका छन्।
उनका अनुसार विघटित प्रतिनिधि सभालाई पुनः स्थापित गरी त्यसबाट नयाँ राजनीतिक कोर्ष निर्माण हुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरुलाई पुनः प्रधानमन्त्री नियुक्त नगर्ने सर्तमा संसद पुर्नस्थापनाको प्रस्ताव अघि सारेका हुन् । उनले सो प्रस्ताव केन्द्रीय समिति बैठकका लागि आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।
प्रस्तावका मुख्य बुँदाहरू यस प्रकार छन् :
- सर्वदलीय तथा ‘जेन‑जी’ प्रतिनिधिहरूको सहभागितामा सरकार गठन ।
- पुनर्स्थापित संसद् मार्फत नयाँ राजनीतिक सहमति निर्माण ।
- सीमित अवधिवित्र निर्वाचनमा जाने प्रतिबद्धता ।
- पूर्वप्रधानमन्त्रीहरुलाई पुनः प्रधानमन्त्री बन्न नदिने सर्त ।
- संसद् पुनर्स्थापनाको संवैधानिक प्रक्रियाबाट समाधान खोजिने ।
भट्टराईले विगतमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिद्वारा गरिएको संसद् विघटन असंवैधानिक तथा अलोकतान्त्रिक भए पनि त्यसको समाधान द्वन्द्वमय नभएर संवैधानिक तथा शान्तिपूर्ण प्रक्रियामार्फत हुने हुनुपर्ने धारणा राखेका छन् ।














