ट्रम्पको नीति नीतिविरुद्ध प्रदर्शन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध प्रदर्शन चर्किएको छ । अमेरिकाभरका शहरहरूमा ट्रम्पको नीतिको विरोधमा न्यूयोर्क, वाशिंगटन डीसी, शिकागो, मियामी र लस एन्जलस लगायतका शहरमा प्रदर्शन सुरु भएको हो ।
न्यूयोर्क शहरको प्रतिष्ठित टाइम्स स्क्वायरमा भएको र्यालीमा हजारौं मानिसहरू भेला भएका थिए । सडक र सबवे प्रवेशद्वारहरूमा राजतन्त्र होइन लोकतन्त्र र संविधान वैकल्पिक होइन जस्ता नारा लेखिएका ब्यानर बोकिएको थियो ।
प्रदर्शन हुनुभन्दा अगाडि, ट्रम्पका सहयोगीहरूले प्रदर्शनकारीहरूलाई अति–वामपन्थी एन्टिफा आन्दोलनसँग जोडिएको आरोप लगाएका थिए । उनीहरूले अमेरिकाप्रति घृणा जगाउने ¥याली भन्दै निन्दा पनि गरेकाछन । पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण रहेको थियो ।













