निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई लक्षित गर्दै आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हुने बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ।
गृह मन्त्रालयका अनुसार बैठकले हाल निर्माणाधीन एकीकृतनिर्वाचनसुरक्षायोजनाकोप्रगतिबारेसमीक्षा गर्दै आगामी कार्यदिशा तय गर्नेछ। सो योजनाले देशभर हुने निर्वाचनमा सुरक्षालाई एकीकृत र समन्वित रूपमा व्यवस्थित गर्ने लक्ष्य लिएको छ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठन गरिएको केन्द्रीयएकीकृतनिर्वाचनसुरक्षासमितिले सुरक्षा नीतिहरू तयार पारिरहेको छ। यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
मन्त्रालयका अनुसार समितिले तयार गरेको सुरक्षा योजना छिट्टै देशका सबै जिल्लामा पठाइनेछ।













