निर्वाचन तयारीलाई तीव्रता, गृह मन्त्रालयको सक्रियता बढ्दै

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन तयारीलाई तीव्रता, गृह मन्त्रालयको सक्रियता बढ्दै

काठमाडौ ।आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा तयारीदेखि राजनीतिक समन्वयसम्मका गतिविधि तीव्र पारेको छ।गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर समग्र तयारीको समीक्षा गर्ने भएका छन्।

बैठकमा निर्वाचन सुरक्षासम्बन्धी नीति, रणनीति र कार्यान्वयन योजनामा छलफल हुनेछ। गृह र रक्षा सचिव, चारवटै सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरूको उपस्थितिमा बैठक बस्ने तय भएको छ।

यसअघि शनिबार शीतलनिवासमा प्रधानमन्त्री कार्की र राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग महत्वपूर्ण छलफल भएको थियो। छलफल आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन आवश्यक तयारीमा केन्द्रित रहेको बताइएको छ।

गृह मन्त्रालयले आगामी साताभित्र सबै जिल्लाका सुरक्षा योजनाको अन्तिम प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ।