राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री र सुरक्षा प्रमुखहरूसँग उच्चस्तरीय छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री र सुरक्षा प्रमुखहरूसँग उच्चस्तरीय छलफल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको सुरक्षा स्थिति र राजनीतिक स्थिरतासम्बन्धी विषयमा प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा भएको हो।

राष्ट्रपति कार्यालयका अनुसार छलफल हालैको जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा अवस्था, सम्भावित चुनौतीहरू र आगामी निर्वाचनका तयारीमा केन्द्रित रहेको बताइएको छ।

देशभर शान्तिसुरक्षा सुनिश्चित गर्न राज्य संयन्त्रबीच आपसी समन्वय र सक्रियता बढाउने उद्देश्यले बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै नेपाली सेनाका प्रधानसेनापति, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको छ।

राष्ट्रपति पौडेलले हालको राजनीतिक संवेदनशीलता र जनभावनालाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रले संयम, जिम्मेवारी र एकताको साथ काम गर्नुपर्नेमा जोड दिएको स्रोतले जानकारी दिएको छ।