चितवनको गाइघाटमा सवारी दुर्घटना, २१ जना घाइते
Prime TV News एक महिना अगाडि 
काठमाडौ । चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना आज बिहान साढे ७ बजे मुग्लिङ–नारायणगढ सडकखण्डमा भएको हो।मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक ना ८ ख ६६२९ र विपरीत दिशाबाट जाँदै गरेको बस बा ४ ख ७४२० ठोक्किँदा पछिपछि आएका अन्य पाँच सवारी पनि दुर्घटनामा परेका हुन्।
दुर्घटनामा घाइते भएका १३ जनाको उपचार नेशनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र अन्य चार जनाको जनता केयर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समयका लागि मुग्लिङ–नारायणगढ सडकखण्डमा आवागमन अवरुद्ध भएको भए पनि अहिले ट्राफिक सञ्चालन सामान्य अवस्थामा फर्किएको छ।













