महाधिवेशनको मिति घोषणा र प्रतिनिधसभा पुर्नस्थापनाको प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक (पूर्ण पाठ)

User Image Prime TV News एक महिना अगाडि
Image of महाधिवेशनको मिति घोषणा र प्रतिनिधसभा पुर्नस्थापनाको प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक (पूर्ण पाठ)

काठमाडौ ।नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरमा तीन दिनसम्म चलेको बैठकले हालको सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै २२ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ।

बैठकले जेनजी आन्दोलनपछि बनेको सरकारको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कडा आपत्ति जनाएको छ। प्रतिनिधि सभा विघटनको निर्णयलाई संविधानविपरीत र जनमतको अपमानका रूपमा व्याख्या गर्दै एमालेले तत्काल प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सारेको छ।

बैठकले भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमलाईपूर्वनियोजित शक्ति प्रयोगको नतिजा बताएको छ। एमालेले उक्त घटनालाई लोकतान्त्रिक मूल्यमान्यतामाथिको आघात भन्दै देशव्यापी राजनीतिक आन्दोलनको तयारी थाल्ने चेतावनी दिएको छ।

एमालेका नेताहरूका अनुसार २२ बुँदे प्रस्तावले पार्टीको आगामी राजनीतिक दिशा, सरकारविरुद्धको आन्दोलन र राष्ट्रिय हितका सवालमा स्पष्ट नीति निर्धारण गरेको छ। प्रस्तावको विस्तृत प्रतिवेदन आगामी स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ।