ओलीको आरोप: सरकार मलाई थुन्न निरन्तर प्रयासमा छ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि आफूलाई बदनाम गर्ने र थुन्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
शुक्रबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार र गृहमन्त्री आफूमाथि केस लगाउन सक्रिय रहेको दाबी गरे। "केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो," ओलीले भने, "तर कहीँकतै केही भेटिएन। सरकार निरन्तर प्रयासमा छ,जसरी पनि थुन्नुपर्छ भन्ने मानसिकतासहित।"
ओलीले हाल चलिरहेको जेनजी आन्दोलनको नाममा आफूविरुद्ध षड्यन्त्र भइरहेको जनाए।
उनले जेनजी आन्दोलनले आफूलाई थुन्ने माग नगरेको स्पष्ट पारे। "उनीहरूले भनेका छन्, हामी दलका विरुद्ध होइनौँ, संविधानविरुद्ध होइनौँ। तर सरकार त यो आन्दोलनलाई आधार बनाएर मलाई कारबाही गर्न चाहन्छ," उनले आरोप लगाए।













