प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्छ : नेता बस्नेत

User Image Prime TV News एक महिना अगाडि
Image of प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्छ : नेता बस्नेत

काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताए । जेनजी आन्दोलनमा उनीहरुको भूमिका शंकास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।

बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधीक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधिनतनाका साथै बिकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफुहरुमाथि सवै भन्दा बढि आक्रमण भएको उनले बताए ।

सरकारले राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका बिरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफुले जोड दिएको उनले बताए । पार्टी भित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको बिकल्प खोज्न नहुने आफुले धारणा राखेको उनको भनाइ छ ।