महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड

User Image Prime TV News एक महिना अगाडि
Image of महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड

काठमाडौ । नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड दिएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरुले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औ महाधिवेशनलई छिटो सम्पन्न गर्नुपर्ने उनीहरुको सुझाव छ ।

बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, संसद बिघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगाएतका बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेको कांग्रेसले जनाएको छ ।

बैठक केहि दिन चल्ने बताइएको छ ।