मिराज ढुङ्गाना नयाँ राजनीतिक दलको तयारीमा, निर्वाचनमा तत्काल नजाने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै "गरिखान देऊ" अभियानलाई राजनीतिक दलमा रूपान्तरण गर्न लागिएको जानकारी दिएका हुन्।
उनले जनताको भावना, आकांक्षा र देशको वास्तविक परिवर्तनका लागि अब नयाँ राजनीतिक विकल्प खडा गर्नु अपरिहार्य भएको बताएका छन् ।
ढुङ्गानाका अनुसार हाल पार्टी दर्ताको प्रक्रिया अगाडि बढाइएको छ तर तत्काल निर्वाचनमा सहभागी हुने योजना नरहेको स्पष्ट पारे ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था लागू , विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित हुँदैन र भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरको निगरानी निकाय निर्माण हुँदैन, तबसम्म दल निर्वाचनमा सहभागी हुने बताए ।
शान्तिपूर्ण ढंगले आमूल राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ पार्टी गठन गर्न वार्ता समिति समेत गठन गरिएको जानकारी उनले दिएका छन्। ढुङ्गानाले आगामी कात्तिक १ गते औपचारिक रुपमा पार्टीको नाम, संरचना र भावी कार्ययोजनाबारे विस्तृत जानकारी दिने बताए ।













