सुनको मूल्य तोलामा २ लाख ५८ हजार पुगे, नयाँ कीर्तिमान कायम

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्य तोलामा २ लाख ५८ हजार पुगे, नयाँ कीर्तिमान कायम

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँले बढेको छ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ भने १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ थियो। सुनको मूल्यमा आएको यस ठूलो वृद्धिले लगानीकर्ताहरुमा उत्साह थपेको छ भने बजारमा सुनप्रति आकर्षण बढेको देखिन्छ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ३ हजार ३५० रुपैयाँ पुगेको छ। सुन र चाँदीको मूल्यमा यो वृद्धि आगामी दिनमा पनि जारी रहनसक्ने अनुमान लगाइएको छ।