निर्वाचन सुरक्षामा चुनौती: प्रहरीलाई स्रोत–साधन उपलब्ध गराउने गृहमन्त्रीको प्रतिबद्धता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन नेपाल प्रहरीलाई पर्याप्त स्रोत र साधन आवश्यक पर्नेमा सरकार गम्भीर रहेको बताएका छन्।
शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले हालसालै भएका विरोध प्रदर्शन र आन्दोलनले प्रहरी संगठनमाथि ठूलो दबाब सिर्जना गरेको बताएका छन्।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रहरीका संगठनात्मक र व्यक्तिगत सामग्रीहरूमा भएको लुटपाट र आगजनीको उल्लेख गर्दै यस्तो घटनाले प्रहरी मात्र होइन, आम नागरिकमा पनि प्रत्यक्ष असर परेको बताए। गृहमन्त्री अर्यालले प्रविधिको विकाससँगै नयाँ प्रकृतिका अपराधहरू मौलाउँदै गएको र यसले अनुसन्धान प्रक्रियालाई थप चुनौतीपूर्ण बनाएकोमा चिन्ता व्यक्त गरे ।













