प्रहरी महानिरीक्षक खापुङको सन्देश: सुरक्षा चुनौतीको सामना गर्न तयार रहनुहोस

User Image Prime TV News एक महिना अगाडि
Image of प्रहरी महानिरीक्षक खापुङको सन्देश: सुरक्षा चुनौतीको सामना गर्न तयार रहनुहोस

काठमाडौ । ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले संगठनका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई राष्ट्र र नागरिक सुरक्षाप्रति समर्पित भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

शुक्रवार मनाइएको प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जेनजी आन्दोलनपछिका कठिन परिस्थितिहरूलाई उल्लेख गर्दै, उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने आवश्यकता औंल्याए।

"भाद्र २३ र २४ गते भएका अप्रिय घटनापश्चात उत्पन्न परिस्थिति सहज छैन," उनले भने, "नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नु हाम्रो प्रमुख कर्तव्य हो। कुनै घटनाक्रमबाट हतोत्साहित नभई प्रहरीको उपस्थिति सशक्त बनाउन सकल दर्जालाई निर्देशन दिन्छु।"

महानिरीक्षक खापुङले आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनर्निर्माणमा जनसमुदायबाट प्राप्त सहयोगप्रति समेत आभार व्यक्त गरे। नेपाल प्रहरीको औपचारिक स्थापना भएको प्रहरी ऐन २०१२ को सम्झनामा प्रत्येक वर्ष मनाइने प्रहरी दिवस मनाइदै आएको छ ।