ओलीलाई तिम्सेनाको कटाक्ष : पार्टी रुपान्तरणकालागि अध्यक्षको राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छिन्।
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले अहिलेको पार्टी संरचना लिएर आन्दोलन सम्भव नरहेको र चुनाव जित्न नसकिने भन्दै नेतृत्व परिवर्तनको आह्वान गरेकी हुन्।
तिम्सेनाले आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको र त्यसका लागि एमालेभित्र पनि गहिरो आत्मालोचना र नेतृत्वको रूपान्तरण अपरिहार्य रहेको बताएकी हुन् । तिम्सेनाले भदौ २३ र २४ गतेको जनविद्रोहमा मारिएका २४ जनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताइन् ।
साथै बैठकमा एमालेविरुद्ध ‘षड्यन्त्र’ भइरहेको दावीहरूलाई लिएर तिम्सेनाले ती शक्ति र निकायहरूको स्पष्ट किटान गर्न चुनौती दिइन्। तिम्सेनाले सूर्य चिह्नमा चरम प्रतिगामी व्यक्तिहरू उम्मेदवार बनाइएको आरोप लगाउँदै दुर्गा प्रसाईँको पार्टी प्रवेशप्रति आपत्ति जनाएकी थिइन् ।













