अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन राष्ट्रिय सभाका अध्यक्ष जेनेभा प्रस्थान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तर व्यवस्थापिका संघको १५१ औं महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रिय सभाका सदस्यहरू गोपी बहादुर सार्की आछामी र माननीय मदन कुमारी शाह (गरिमा) सहभागी छन् ।
यही कार्त्तिक ०२ गतेदेखि ०६ गते सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले "Upholding humanitarian norms and supporting humanitarian action in times of crisis" विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसका साथै विभिन्न देशका संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत संसद सचिवालयले जनाएको छ । अन्तरव्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रमहरूमा प्रतिनिधि मण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् ।
सासद मदन कुमारी शाह Forum of Women Parliamentarians को बैठकहरूमा पनि सहभागी हुने बताइएको छ । साथै, Association of the Secretaries General of the Parliaments को बैठकमा संघीय संसदका महासचिवसहितको टोली सहभागी हुने कार्यक्रम रहेको छ ।













