सदस्य कान्छा शेर्पाको निधनप्रति प्रधानमन्त्री कार्कीको समवेदना

User Image Prime TV News एक महिना अगाडि
Image of सदस्य कान्छा शेर्पाको निधनप्रति प्रधानमन्त्री कार्कीको समवेदना

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । ९२ वर्षको उमेरमा कपनस्थित आफ्नै निवासमा शेर्पाको निधन भएको हो।

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथा आरोहण अभियानमा सहभागी कान्छा शेर्पा विश्वकै सबैभन्दा ऐतिहासिक आरोहण दलका सदस्यका रूपमा परिचित थिए ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै शेर्पामानव साहस, दृढता र समर्पणको अमर प्रतीकभएको उल्लेख गरेकी छन् ।

उनले भनिन्, “सगरमाथाको पहिलो सफल आरोहणको प्रत्यक्ष साक्षी गुमाउनु केवल नेपालको मात्र होइन, सम्पूर्ण मानव सभ्यताको क्षति हो।

प्रधानमन्त्रीले कान्छा शेर्पा पछिल्ला वर्षहरूमा हिमालमा देखिन थालेको जलवायु परिवर्तनप्रति गहिरो चिन्तित रहेको स्मरण गर्दै हिमाल र प्रकृतिको संरक्षणका लागि संवेदनशील भएर काम गर्नु नै शेर्पा प्रतिको साँचो श्रद्धाञ्जली बताइन् । 

कान्छा शेर्पाले दुई दशकभन्दा बढी समय पर्वतारोहण क्षेत्रमा योगदान दिएका थिए ।