प्रधानमन्त्री कार्कीले विदेशी राजदूतबीच आज छलफल गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले विदेशी राजदूतबीच आज छलफल गर्दै

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग सिंहदरबारमा महत्वपूर्ण छलफल गर्ने भएकी छिन्।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठक दिउँसो साढे २ बजे सुरु हुनेछ।नेपालमा कार्यरत २६ वटा विदेशी दूतावास र नियोगका प्रमुखहरूलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिएको छ।

बैठकमा नेपालको राजनीतिक तथा आर्थिक अवस्था, आउँदो २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र अन्तर्राष्ट्रिय समुदायसँगको सहयोग र सहकार्यका विषयहरूमा विस्तृत छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमार्फत नेपालले अवलम्बन गरेको लोकतान्त्रिक प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास र समर्थन सुदृढ गर्ने उद्देश्य राखेकी छन् ।