सरकारद्वारा पूर्व सरकारका दर्जनौं राजदूत फिर्ता, भारतका राजदूत भने यथावत

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारद्वारा पूर्व सरकारका दर्जनौं राजदूत फिर्ता, भारतका राजदूत भने यथावत

काठमाडौ । सरकारले अघिल्लो सरकारले विभिन्न मुलुकमा पठाएका दर्जनौं राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन, जापानलगायत देशहरूमा कार्यरत राजदूतहरूलाई कात्तिक २० भित्र स्वदेश फर्कन निर्देशन दिएको हो। फिर्ता गरिएका राजदूतहरूमध्ये धेरैजसो राजनीतिक नियुक्ति भएकाहरू छन्।

यद्यपि, जापानमा कार्यरत राजदूत दुर्गाबहादुर सुवेदी भने परराष्ट्र सेवाबाट आएका हुन्। उनी पूर्व परराष्ट्रमन्त्री डा. आरजु देउवाकै निकट मानिने भएकाले राजनीतिक प्रभावका आधारमा नियुक्त गरिएको विश्लेषण गरिएको छ।

राजनीतिक नियुक्तिका रूपमा भारतमा कार्यरत डा. शंकर शर्मालाई भने यथावत् राखिएको छ। उनको निरन्तरताले सरकारले सबैलाई एउटै मापदण्डमा फिर्ता नगरेको संकेत गरेको छ।