नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पुनः बस्ने, महाधिवेशनबारे सहमतिको संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पुनः बस्ने, महाधिवेशनबारे सहमतिको संकेत

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ। कार्यसूचीमा रहेका विषयमा थप छलफल गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षरहरूबारे जानकारी गराएका थिए। तर विशेष महाधिवेशनको माग गरिरहेका नेताहरू नियमित महाधिवेशनमार्फत समाधान खोज्न इच्छुक देखिएको भन्दै सहमतिको सम्भावना रहेको संकेत गरिएको छ।

बैठकमा संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र समयमै महाधिवेशनको आवश्यकता औंल्याएका थिए। नेता डा. शेखर कोइरालाले भने अरू दलहरूले मंसिरमै महाधिवेशन गर्न सक्छन् भने, हामीले किन सक्दैनौं? भनि प्रश्न गरेका थिए ।

उनका साथै नेताहरू मोहन बस्नेत, राजीव कोइरालालगायतले पार्टीभित्र सुदृढ संगठन निर्माणका लागि पारदर्शी र समयबद्ध प्रक्रियामा महाधिवेशन आवश्यक रहेको धारणा राखेका थिए।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत २८ असोजदेखि सुरु भएको हो। भोलिको बैठकमा महाधिवेशनको मिति, प्रक्रियागत तयारी र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहनेछ।