सहकारी पीडितहरूको समस्या समाधान गर्न कदम चाल्छु: प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of सहकारी पीडितहरूको समस्या समाधान गर्न कदम चाल्छु: प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीमा परेका पीडितहरूको समस्या समाधान गर्न कदम चाल्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहकारी मन्त्री, मन्त्रालयका सचिव, समस्या समाधान समितिका अध्यक्ष, नियमन प्राधिकरणका पदाधिकारी र सहकारी पीडित संघका प्रतिनिधिहरूसँग आयोजित बैठकमा उनले ठगहरूले कुनै हालतमा छाडिनु नहुने बताइन ।

प्रधानमन्त्री कार्कीले ठगी गर्नेहरू सुनका घडी लगाएर महँगा गाडी चढेर हिँड्ने, नक्कली डिभोर्स गरेर बच्ने प्रवृत्ति रहेको भन्दै यस्ता अपराधीहरूलाई कानुनी दायरामा ल्याउन कुनै सम्झौता नगर्न निर्देशन दिइन् । 

“ठगेर खाएर हिँड्नेहरूलाई छाड्न मिल्दैन, पीडितलाई रुँदै हिँड्न नदिनुपर्छ। यो सरकारको मुख्य काम सहकारी समस्या समाधान गर्नु नै हो,” प्रधानमन्त्री कार्कीले बैठकमा बताइन ।उनले सहकारी ठगीमा परेकाहरूको घरजग्गा लिलाम गरेर पनि बचत फिर्ता गरिनुपर्नेमा जोड दिइन ।