हेटौंडा–धल्केवर प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयहरूको कडा आपत्ति

User Image Prime TV News एक महिना अगाडि
Image of हेटौंडा–धल्केवर प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयहरूको कडा आपत्ति

काठमाडौ । हेटौंडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माणविरुद्ध प्रभावित स्थानीयवासीहरूले कडा आपत्ति जनाएका छन् । हाइटेन्सन लाइन पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनालाई निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।

समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा कुनै ठोस सहमति नजुटेको भन्दै पुनः काम रोकिनुपर्ने चेतावनी दिएको हो। समितिका अनुसार, हेटौंडा–१६ हिलेटार र आसपासका बस्तीहरूमा निर्माण भइरहेका टावरहरूले स्थानीय नागरिकको जग्गा, घर र बस्ती प्रभावित हुने देखिएको छ ।

प्रभावितहरूले उचित मुआब्जा, पुनःस्थापनाको व्यवस्था र वैकल्पिक मार्ग निर्धारण बिना जबर्जस्ती निर्माण अघि बढाइएको भन्दै विरोध जनाएका छन् । समितिले स्थानीय नागरिकको सहमति बिना गरिएको टावर निर्माण कार्य गैरकानूनी र अन्यायपूर्ण भएको आरोप लगाउँदै, तत्काल स्थगन गर्न माग गरेको छ ।