अदालतको सेवा रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of अदालतको सेवा रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले न्यायालयको सेवा एक दिन पनि अवरुद्ध हुन नहुने स्पष्ट पार्दै अदालतलाई आवश्यक पूर्वाधार तुरुन्त उपलब्ध गराउन निर्देशन दिएकीछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलबीच आज बसेको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले भूकम्पले क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतको भवनको सट्टामा वैकल्पिक स्थानको व्यवस्था गर्न आग्रह गरेकी हुन् ।

बैठकमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले प्राधिकरणको बबरमहलस्थित भवन अस्थायी रूपमा अदालतलाई प्रयोग गर्न दिन अनुरोध गरेका थिए । उक्त सन्दर्भमा प्रधानमन्त्री कार्कीले भने, "न्याय सेवा जनताको आधारभूत अधिकार हो, त्यसैले कुनै पनि हालतमा रोकिनु हुँदैन।

आवश्यक परे अन्य निकायले पनि सहयोग गर्नुपर्छ।" प्रधानमन्त्रीको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि सर्तसहित भवन उपलब्ध गराउने सहमति जनाएको छ। अब अदालत र प्राधिकरणबीच विधिवत समझदारीपत्र तयार गरिने भएको छ।