नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ५० हजार नाघ्यो, हालसम्मकै उच्च मूल्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो।
बुधबार तोलाको मूल्य २ लाख ४८ हजार ९०० रहेको थियो। यस आधारमा एकै दिनमा सुनको मूल्य २ हजारले वृद्धि भएको हो। यस्तै १० ग्राम सुनको मूल्य पनि बढ्दै २ लाख १५ हजार १०५ पुगेको महासंघले जनाएको छ।
महासंघले उल्लेख गरेअनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उछाल, अमेरिकी डलरको भाउमा अस्थिरता र आन्तरिक मागको वृद्धिले नेपाली बजारमा समेत यसको प्रभाव परेको हो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार तोलाको मूल्य ३ हजार २४० कायम रहेको चाँदी बिहीबार बढेर ३ हजार २७५ पुगेको छ।














