निर्वाचनको तयारीका आयोगले दलहरु संग छलफल गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले दलसँग तयारी बैठक सुरु गरेको छ । निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आगामी निर्वाचनका तयारी बारे विस्तृत जानकारी प्रदान गर्ने प्रक्रिया शुरु गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाउन अनुरोध गरिएको छ। "निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएका दलहरुलाई पनि सहभागी गराइएको छ," भट्टराईले भने।
आजको छलफलमा आयोगले निर्वाचनको तयारीका विषयमा प्रशासनिक काम र निर्वाचन तालिका बारे दललाई जानकारी दिने छ। अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते ताजा जनादेशको लागि निर्वाचन गर्ने निर्णय गरेको थियो।
यस प्रक्रिया पछि २९ वटा दलका प्रतिनिधिहरूलाई सूचना दिइएको छ र तिनीहरूले चुनावमा सहभागी हुन चाहने दलहरूले कात्तिक महिनाको अन्त्यसम्म दर्ता प्रक्रिया पूरा गर्नुपर्ने छ।













