एमाले केन्द्रीय कमिटी बैठक निरन्तर: महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर चलिरहेको छ।
बुधबारसम्म ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो विचार राखिसकेका छन्। उनीहरूमध्ये अधिकांश सदस्यहरू आगामी चुनावमा जानुपर्ने पक्षमा उभिएका छन्।
त्यस्तै, केही सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने धारणा राखेका छन्।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ। सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची तय गरिएको छ।
शुक्रबारसम्म चल्ने भनिएको बैठकले एमालेको ११औं महाधिवेशनको मिति टुंग्याउनेछ। अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
यसअघि २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा पार्टीको १०औं महाधिवेशन सम्पन्न भएको थियो।













